आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा टस होरेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको हो । कमजोर ब्याटिङ गरेको नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले ८४ रन पारीको साझेदारी गरेका थिए ।
विनोदले ६२ बलमा ५ चौका र १ छक्कासहित ५० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा विनोदको यो पहिलो अर्धशतक हो ।
कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।
विश्वकप लिग २ : कुशल मल्लले तोडे सचिन तेन्दुलकरको रेकर्ड, बनाए विश्व कीर्तिमानी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया