अल कायदा नेता कासिमको मृत्यु भएको अमेरिकाको घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।
ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो ।
कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अलकायदाका नेता कसिमलाई पराजित गरिएको राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?