थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घुस मागेको आरोपमा अधिवक्ता पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरिएको हो ।

उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ ।

दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?