नेपालमा मौलाएको भ्रष्टचारबारे हेम सरीता पाठक फाउण्डेसनको चिन्ता

काठमाडौं । भ्रष्टचारविरुद्ध अभियान सञ्चालन गर्दै आएको हेम सरीता पाठक फाउण्डेसनले नेपालको वर्तमान परिस्थतिको विषयमा चिन्ता व्यक्त गरेको छ ।

फाउण्डेसनले हाल नेपालमा भइरहेका भ्रष्टचार गर्ने व्यक्तिहरुलाई कार्वाही र सरकारले गरेको गतिविधिका विषयमा आफ्ना धारणा सार्वजनिक गरेको हो ।

ललिता निवासको जग्गा प्रकरणका विषयमा दुईजनाले जग्गा छोडिदिन्छौँ भनेको हुनाले अख्तियारले उनीहरुलाई मुद्दा दायर नगरिएको जनाएको छ । तर अन्यलाई मुद्दा दायर गर्नुभन्दा अगाडि जग्गा छोड्ने की कार्वाही गरौ कि नगरौ भनेर किन सोधेन ? अथवा अरु भ्रष्टचारीलाई कार्वाही गर्ने क्रममा म सबै फिर्ता गर्छु भन्यो भने के क्लिन चिट दिन मिल्छ ?

त्यस्तै फाउण्डसनले नेपाली कांग्रेसलाई भ्रष्टचारीलाई संरक्षण दिन खोजेको जस्तै देखिएको धारणा व्यक्त गरेको छ । फाउण्डेसनले भनेको छ–त्यस्तो नभए किन कुनै भ्रष्टलाई पार्टीले धारणा सार्वजनीक गरेर चोख्याउन खोजेको हो ? भन्दै प्रश्न गरेको हो ।

उसले सरकारले पास गर्न लागेको ठूला भ्रष्टचारीहरुका लागि हदम्याद सम्बन्धी कानून निन्दनिय भएको पनि बताएको छ । उक्त विधेयक पारित भएमा सत्तामा भएकाहरुलाई भ्रष्टचार गर्न अझ प्रेरित गर्ने फाउण्डेसनले धारणा व्यक्त गरेको छ ।

त्यस्तै उक्त कानून पास गर्न नदिन सम्पुर्णमा भ्रष्टचार विरोधिहरुलाई आग्रह गरेको छ ।

फाउण्डेसनले गीतसंगीत, पत्रकारिता, साहित्य, अभिव्यक्तिलगायत क्षेत्रमा समेत पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?