बोलेरो दुर्घटना, १ जनाको मृत्यु

सुर्खेत । सुर्खेतको फेदखोलामा बोलेरो दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय खुर्खेतले जनाएको छ ।

राहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं १४ को सिमाना फेदखोला स्थित कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं. ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।

घाइतेको अहिले माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?