झापा । झापामा शिवसताक्षी नगरपालिका–११ दुधेमा बोलेरोको ठक्करबाट एक जनाको मृतयु भएको छ ।
सोमबार बेलुकी पश्चिबाट पूर्वतर्प जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरोले ठेलालाई ठक्कर दिदा ठेला चालक स्थानीय ६० बर्षीय बल बहादुर दर्जी घाईते भएका थिए ।
ठक्करपछि घाईते उनको उपचारको क्रममा वी एण्ड सी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया