नेपाली सेनाले विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १० रुपैयाँ घटाएको छ। एक किलोको मूल्य १ सय ८८ रुपैयाँ कायम गरिएको सेनाले जनाएको छ। यसअघि १ सय ९८ रुपैयाँ थियो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले घटाइएको मूल्य कार्यान्वयनमा आइसकेको बताए। विभिन्न परियोजनाका सञ्चालकले सेनाले उत्पादन गरेको विस्फोटक महँगो भएको गुनासो गरेका थिए। त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्बन्धित निकायलाई मूल्य घटाउन निर्देशन दिएका थिए।
विस्फोटकको मूल्य के कसरी घटाउन सकिन्छ भन्दै त्यसको उपाय खोज्न सैनिक कल्याणकारी कोष र सैनिक सामग्री उत्पादन निर्देशनालयलाई प्रधानसेनापति थापाले निर्देश गरेका थिए। ती निकायले निर्देशनबमोजिम मूल्य घटाउने विषयमा छलफल गरेका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया