सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ ।
अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो ।
अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो ।
अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्याङ्क पनि पाइने भएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया