शौचालय गएका कार्कीको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–३ लालीगुँरास चोकमा रहेको होटल ऐलिनाको शौचालयमा आइतबार एक जनाको मृत्यु भएको छ ।

काठेखोला गाँपालिका–७ रेश घर भएका ४७ वर्षीय रनबहादुर कार्की होटलमा गई खाजा नखाँदै शौचालय गएकोमा लामो समयसम्म शौचालयको ढोका नखोलेकोले प्रहरीलाई होटलधनीले खबर गरेका थिए ।

प्रहरीले शौचालयमा फेला परेका कार्कीलाई धौलागिरी अञ्चल अस्पताल लगे पनि डाक्टरले मृत घोषण गरेको थियो । मृत्यु हुनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?