पशुकरणी गर्ने एक युवक पक्राउ

काठमाडौं । पशुकरणीको आरोपमा एक जना पक्राउ परेका छन् । अछामको मंगलसैन नगरपालिका ७ घर भई कैलालीको टिकापुरमा स्थायी बसोबास गर्दैआएका २९ वर्षिय भरत परियारलाई प्रहरीले बझाङबाट पक्राउ गरेके हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आइतबार जयपृथ्वी नगरपालिका ७ कचाली खोलामा सडक निर्माणको काम गर्दै आएका परियारलाई जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारलाई शुक्रबार पशु करणी अन्तरर्गत मुद्दा दर्ता भई अनुसन्धान पक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?