भारत सरकारले बजेटमार्फत करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु)को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छन् । त्यतिमात्र होइन साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आय कर तिरे हुने भएको छ ।
यसअघि यो व्यवस्था २० प्रतिशतमात्रा थियो । यस्तै, १० लाख आम्दानी गर्नेले अब १५ प्रतिशत र १० देखि साढे १२ लाखको सिममा २० प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ । यसअघि यस्तो व्यवस्था २० प्रतिशत रहेको थियो । भारतले करका दरमा व्यापक हेरफेर गर्दा त्यसले नेपाली लगानी भारतमा विस्तार हुन सक्ने अवस्था देखिएको विश्लेषकहरू बताउँछन् ।कारोबारमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया