प्रहरी अधिकृत एवं जवान संयुक्त मेस शुभारम्भ

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमीमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेसको शुभारम्भ भएको छ । आइतबार एक कार्यक्रममकाबीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उद्घाटन गरेका छन् ।

पोखरेल भन्छन् मेस सुधारको अभियान चर्चा परिचर्चाको बिषयमात्र नभई वर्षौ देखि चली आएको प्रहरी प्रहरी विचको मनोवैज्ञानीक दुरी अन्त्यको परिष्कृत रूप हो । यसले पदीय जिम्मरवारी बाहेकको भाईचारा विकास गर्दै परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्न मद्दत गर्दछ ।

सर्वप्रथम संयुक्त मेस निर्माण सम्पन्र गरी संचालन गर्न सफल महानगरीय प्रहरी वृत्त ठिमीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालासहित प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर खत्री, प्रहरी नायव निरीक्षक तेज बहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेस मिश्रलाई पोखरेलले पुरस्कृतसमेत गरेका थिए ।

यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेस संचालन हुदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?