नेकपाको निर्णय : लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भू-भाग पनि समेटेको भन्दै नेपालले सो भू-भागसहितको नयाँ नक्सा जारी गर्नुपर्ने निर्णय गरेको छ ।

नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि नेकपाले गरेको हो । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुकेल र कालापानी समावेश गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको थियो ।

जारी बैठकमा नेकपाका केन्द्रीय सदस्यहरुले पनि यसको विरोध गरेपछि नयाँ नक्सा जारी गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?