काठमाडौं। चीनको उहान क्षेत्रलाई आक्रान्त बनाएको कोरोना भाइरसलाई नियन्त्रण गर्न खोपको आविष्कार गर्ने काममा वैज्ञानिकहरू सफलताको निकट पुगेका छन्। गार्जियन दैनिकको अन्तर्राष्ट्रिय संस्करणले जानकारी गराएअनुसार खोपका लागि अनुसन्धानकर्ताहरूको दौड जारी छ। कम्तीमा तीन फर्मासुटिकल कम्पनी र विश्वका अनुसन्धानकर्ताहरू प्रभावकारी खोपको आविष्कारमा लागेका छन्।
अमेरिकाको मेरिल्यान्डस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसन्धानकर्ताले व्यक्तिको शरीरमै कोरोना भाइरसको परजीवीविरुद्ध लड्ने क्षमता बढाउने खोप पहिला नै आविष्कार गरिसकेको पनि गार्जियनले उल्लेख गरेको छ। इन्स्टिच्युटले ‘महामारी रोकथाम आविष्कारका लागि सहकार्य’ नामक परियोजनाका लागि १ करोड १० लाख अमेरिकी डलर घोषणा गरेको छ। नेपाल समाचारपत्रमा यसबारे खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया