रौतहट । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौर नगरपालिका-१ कानुपट्टिमा डेरा गरी बस्ने धनुषा घर भएका ५४ वर्षीय रामकिशोर मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।
मिश्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया