काठमाडौंबाट गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् ।
उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

खत्री र थापालाको शरीर तथा डेराकोठा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?