रुकुमकोटबासी आन्दोलित, जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा तालाबन्दी

रुकुम, १२ माघ । सरकारले जिल्ला सदरमुकाम अन्यत्र तोकेको भन्दै रुकुम पूर्वको रुकुमकोटबासी आन्दोलित भएका छन् रुकुम पूर्वको सदरमुकामको रुपमा रुकुमकोटबाट काम हुँदै आएको थियो । तर, बिहीबार राति सकेको मन्त्रिपरिषद बैठकले पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोलखाडालाई केन्द्र तोकिदिएको छ उक्त निर्णयको विरोधमा रुकुमकोटबासीले गएरातिदेखि नै जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुको साथै मसाल जुलुस समेत निकालेका छन् । अहिले चोकचोकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् आज पनि आन्दोलन जारी रहेको र अब कसरी अगाडि बढ्ने भनेर अहिले रुकुमकोटको छिप्रिदहमा स्थानीयबासी भेला भएको स्थानीय सर्जना कार्कीले जानकारी दिइन् स्थानीयले रुकुमकोट आउने र बाहिर जाने यातायात पनि पूर्णरुपमा बन्द गराएका छन् । उनीहरुले जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा बिहानै ताला लगाइदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?