काठमाडौं । जित हात पार्दै लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा १९ अंकको अग्रता कायम गरेको छ ।
बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले लिगमा ७० अंक जोडेको हो । शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको स्पष्ट अग्रता लिएको छ ।
लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्बरलेनले समान एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए ।
लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ । लिभरपुल लिगको ४१ खेलमा अपराजित छ । वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ । एजेन्सी
यो पनि पढ्नुहोस् : शानदार जितसँगै रियल क्वार्टरफाईनलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया