काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । पहिलो खेल ललितपुर डर्बीको फ्रेन्ड्स र च्यासलबीच मध्यान्न १२ बजे हुनेछ । च्यासल ९ अंक सहित तालिकाको नवौं स्थानमा छ । फ्रेन्ड्स ८ अंक सहित ११ औं स्थानमा छ ।
त्यस्तै, दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । ब्रिगेड ८ अंक सहित दशौं र एनआरटी १२ अंक सहित छैटौं स्थानमा छ ।
यो पनि पढ्नुहोस् : शानदार जितसँगै रियल क्वार्टरफाईनलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया