होटलमा बेहोस भएर ढलेका एकको उपचारका क्रममा मृत्यु

काँस्की । पोखरास्थित पृथ्वीचोकको एक होटलमा बेहोस भएका पोखरा महानगरपालिका–३३, बागमाराका दामोदर अधिकारीको आज उपचारका क्रममा मृत्यु भएको छ।

धौलागिरी म्याग्दी होटलमा बास बसेका ६० वर्षीय अधिकारी बुधवार अचानक ढलेपछि उपचारका लागि चरक अस्पतालमा लगिएको थियो।

उनको उपचारका क्रममा आज मध्यान्ह १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?