कपिलवस्तु, ११ माघ – राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा प्यूठानका तीन बालिकालाई कपिलस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले नेपाली सीमा नाका कटाउन लागेको अवस्थामा चेलीबेटी बेचबिखानविरुद्ध सक्रिय संस्था शान्ति पुनःस्थापना गृहले प्रहरीको सहयोगमा उनीहरुलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको हो उद्धार गरिएका बालिकामा प्यूठान सरुमारानी गाउँपालिका घर भएका दुई र स्वर्गद्वारी नगरपालिकाकी एक छिन् । तीमध्ये दुई बालिकालाई परिवारको जिम्मा लगाइ घर फिर्ता गरिएको शान्ति पुनःस्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिएविचौलियाले ती बालिकालाई शिवराज नगरपालिकाको वडा नं १ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन बिहानै कृष्णनगर पु¥याएको बुझिएको छ । सीमा निगरानीमा खटिएका शान्ति पुनःस्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछका लागि उनीहरुलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरु विचौलियाको फन्दामा परेको खुल्न गएको थियो काठमाडौँ कता पर्छ भन्ने सम्म थाहा नभएको उनीहरु भारत प्रवेश गर्न लागेका थिए । विचौलियाले काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै भारत पु¥याउन लागेको खुलेको छ सो संस्थाले दुई दिनअघि १२ वर्षीय शान्ति र १४ वर्षीया मीना (नाम परिवर्तन) तथा चार दिनअघि प्यूठानकी अर्की १४ वर्षीया एक बालिकालाई भारत लैजाने क्रममा सीमाबाट उद्धार गरी उनीहरुलाई परिवारको जिम्मा लगाएको पनि संयोजक भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया