गाउँगाउँमा अख्तियार टोली, धमाधम समातिन थाले जनप्रतिनिधि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिएको छ ।
स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेको हो ।
अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेको खबर राजधानी दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?