काठमाडौं । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निष्पक्ष र भेदभाव रहित अनुसन्धान, बोली व्यवहारमा नम्रता र व्यवसायिक भएर काम गर्न निर्देशन दिएका छन् ।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको निरीक्षण गर्दै उनले त्यस्तो बताएका हुन् । उनले सरकारले प्रतिनिधित्व गर्ने गर्ने राज्य संयन्त्रहरूमा प्रहरीनै पहिलो प्रतिनिधि पात्रको रूपमा रहने भएकाले निस्पक्ष र भेदभाव रहित अनुसन्धान, बोली व्यवहारमा नम्रता–शिष्टता एवं व्यवसायिक भएर कार्य गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
पोखरेलले राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने, प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने बताए ।
उनी भन्छन् –काठमाडौं शान्त–सुरक्षित बनाउनुहोस देश आफै शान्त र सुरक्षित हुन्छ, त्यसको लागि तपाईलाई दिईएको जिम्मेवारीमा कहि कतै चुक्नु हुँदैन् ” ।
उनले प्रहरी कार्यालयमा आउने सेवाग्राही पिडित भएरनै आउने हुनाले उनीहरुको समस्या आफुलाईनै परेको पिडा हो भन्ने सम्झि, सरल छिटो-छरितो तरिकाले सेवा प्रवाह गर्नसमेत निर्देशन दिए।
कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत पोखरेलले निर्देशन दिए ।

पोखररले भने-तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाटसमेत निगरानी भैरहेकोले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई माफि नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थमा नलागि काम गर्नुपर्छ ।
गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरि सेवा ग्राहीलाई दुख दिई अन्याय गर्ने काम गरेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउनसमेत आफू पछि नपर्ने उनको भनाई छ।
पोखरेलले विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया