सुशील कोइराला फाउण्डेशन भवन निर्माण हुने

विराटनगर । पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली कांग्रेसका पार्टी सभापति स्व.सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ ।

फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिए।

स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पु-याउनुभएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन दुई करोड ५० लाख रुपैयाँको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उनले बताए । भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?