प्रतिनिधि सभाका ८ औं सभामुख अग्नि सापकोटाका ५ चुनौति

काठमाडौं । आइतबार बसेको प्रतिनिधि सभा बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ । यससँगै उनी प्रतिनिधि सभाका ८ औं सभामुख  बनेका छन् ।

सत्तारुढ दल नेकपाले लामो समयको छलफलपछि सापकोटालाई सभामुख पदमा निर्वाचन गरेको हो । आज बसेको बैठकका जेष्ठ सदस्य सभामुख महन्त ठाकुरले सापकोटालाई निर्विरोध सभामुख भएको घोषणा गरे ।

अव सापकोटाले सभामुखको कुर्सीबाट आफ्नो कस्तो भुमिका खेल्नेछन् त्यो हेर्न बाँकी नै छ । अव सापकोटाको अग्नि परिक्षको घडी पनि सुरु भएको छ ।

उनले विभिन्न चुनौतिको सामना गर्नुपर्ने छ । सापकोटाले सामना गर्नुपर्ने ५ चुनौतिहरु

१.एमसीसी

सभामुको पहिलो चुनौतिमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छ । जुन सत्ता पक्षहरुबीच नै मतभेत छ ।
जुन संसदबाट अनुमोदन गराउने/नगराउने भन्नेमा नेकपाभित्रै विवाद छ । यसका लागि अव सापकोटा यसका लागि खरो उत्रिनु पर्नेछ ।

२ सदन सन्तुलन बनाउनु

सापकोटाको अर्को चुनौति भनेको सत्तापक्ष र प्रतिपक्षलाई सन्तुलित ढंगबाट सदन सञ्चालन गर्नु । अनि नेकपाका शिर्ष नेतासँगको प्रतिवद्धता समेत पुरा गर्नुपर्ने उनको चुनौति छ । उनी सभामुख भएपछि सरकारको आफ्नो अनुकुल नीति तथा कार्यक्रम, विधेयक पास गराउन दवाव झेल्नु पर्ने हुन्छ । प्रधानमन्त्री ओलीले आफ्ना कार्यक्रम संसदबाट अनुमोदन गराउन सजिलोको लागि उनीने पहिले देखिनै आफु अनुकुलको पात्रको खोजिमा थिए । ओली आफ्नो मिसनमा फेल भएपछि त्यसको कुण्ठा आगामि यात्रामा झनै डरलाग्दो हुने राजनीतिक विश्लेषकहरुले अड्कल काट्न थालेका छन् । यस्तो अवस्थामा संसदीय मर्यदाको साख जोगाइ राख्नु उनको कर्तव्य हुनेछ ।

३ संसदमा विधेयकको थुप्रो

संसदमा महिनौंदेखि नागरिकता विधेय, राष्ट्रिय परिचयपत्र सम्बन्धि विधेयक, लोकसेवा आयोग सम्बन्धि विधेयक, सुरक्षा परिषद् सम्बन्धि विधेयक, मिडिया काउन्सिल विधेयक लगाएत दर्जनौ विधेयकको चाङ रहेको छ । सबैभन्दा जटिल विषय रहेको नागरिकता सम्बन्धि विधेयक र विवादित मिडिया काउन्सिल विधेयक संसदबाट पारित गर्न निकै चुनौति रहेको छ ।

४. दलको नियन्त्रणमा रहेको नदेखिनु

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्रका रुपमा चिनिएका उनी आफु दलको नियन्त्रणमा नरहेको देखिनु । सत्तारुढ दलको नियन्त्रणमा संसद नरहेको अनुभूति दिलाउनु उनका चुनौति हुन् । त्यस्तै सरकारलाई संसदप्रति पूर्ण उत्तरदायि बनाउनु उनको स्थायी चुनौति हुन् ।

५. उनैलाई लागेको द्वन्द्वकालिन मुद्दा

माओवादी द्वन्द्वकालमा काभ्रे दाप्चाका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथि लामाकी श्रीमति पूर्णिमा लामाले अदालतमा मुद्दा दायर गरेकी छिन् ।अहिले त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । उनले सत्य निरुपण तथा वेपत्ता छानविन आयोगमा समेत उजुरी दिएकी छिन् ।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा विभागिय मन्त्री रहेका सापकोटाविरुद्ध २०६८ सालमा तत्कालिन इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । प्याकुरेल अहिले राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार रहेका थिए । उनले यहि विषयलाई लिएर सल्लाहकारबाट समेत राजीनामा दिइसकेका छन् । व्यक्ति हत्या र मानव अधिकार हनन् गरेको अभियोग लागेका सापकोटाको मुद्दा कस्तो रुपमा सुनुवाई हुन्छ भन्ने पनि छ ।

यो पनि पढ्नुहोस्

अग्नि सापकोटाको हेडसरदेखि सभामुखसम्मको यात्रा

अग्नि सापकोटा निर्विरोध सभामुख

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?