मलेसियामा एकसाथ ६०० नेपालीको रोजगारी गुम्यो

मलेसियाको पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडीएन बीएचडी आर्थिक रुपमा धरासयी भएपछि ६०० नेपाली कामदारसहित १४ सय विदेशी कामदारले रोजगारी गुमाएका छन् ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सेप्टेम्बर ३० मा डब्लुआरपी कम्पनीले कामदारलाई जबरजस्ती रुपमा काममा लगाएको तथा श्रम शोषण गरेको दावी गर्दै उसका उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी कदमपछि आर्थिक् संकट उत्पन्न भएसँगै जनवरी १ देखि कम्पनीले पन्जा उत्पादन गर्न बन्द गरिसकेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?