काठमाडौं- सिन्धुलीमा दुलाह दुलही सहित जन्ती सवार जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर छ ।
मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जाँदै गरेको ना १ च १८६० नम्बरको जिप हरिहरपुरगढी गाउँपालिका ५ को सिदुरगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुलहा र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा दुलहीको अवस्था सामान्य छ ।
दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया