उपत्यकामा सरकारको बृहत योजनाः पेट्रोलपम्म सार्नेदेखि सीसी क्यामेरा जडानसम्म

काठमाडौं । काठमाडौं उपत्यकाको व्यथितीलाई हटाउनको लागि सरकारले विभिन्न योजनाहरु अघि सारेको छ । जस अन्तर्गत ट्राफिक लाईटको व्यवस्थापनदेखि लिएर पेट्रोलपम्पहरुको स्थानान्तरणसम्म रहेका छन् । सरकारको उक्त योजना अन्तर्गत उपत्यका भित्र रहेका विभिन्न १८ वटा पेट्रोल पम्पहरु स्थानान्तरण गरिने, २९ स्थानका ट्राफिक लाईट व्यवस्थापन गरिने भएको छ । भने उपत्यकाको विभिन्न १० ठाँउमा पेडेस्ट्रियन लाइट मर्मत गरिने तथा १६ ठाँउमा नयाँ निर्माण गरिने योजना रहेको छ ।

त्यतिमात्र नभएर कोटेश्वर देखि जडिबुटी चोकसम्म खाली ठाँउमा सर्भिस लेन निर्माण गरिनेछ । भने ५१ स्थानहरुमा सवारीसाधनलाई दाँया मोडनका लागि निषेध समेत गरिने योजना रहेको छ । भने सुरक्षालाई मध्यनजर गर्दै विभिन्न १२४ स्थानमा सीसीटिभी तथा मोवाइल सीसी क्यामेरा समेत जडान गर्न लागिएको छ ।

सरकारले उक्तm योजना अनुसार नेपाल आयल निगम सडक विभागलाई गायत्री पेट्रोल पम्प (जावलाखेल) र सीता पेट्रोल पम्प (महाराजगन्ज) बज्रबाराही पेट्रोल पम्प (चापागाउँ), श्यामा पेट्रोल पम्प (कलंकी) लाई अन्यत्र सार्न निर्देशन दिएको छ । यस्तै त्रिशूल पेट्रोल पम्प (कलंकी), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), एचपी इन्टनेसनल (जावलाखेल), बालकुमारी पेट्रोल पम्प (चापागाउँ), टीकाभैरव डिजेल स्टोर (चापागाउँ), कनक पेट्रोल पम्प (कालिमाटी), कोत थुकु पेट्रोल पम्प (बालाजु), जयन्ती पेट्रोल पम्प (थापाथली), मायाराम भोलाराम पेट्रोल पम्प (थापाथली), बाबा पेट्रोल पम्प (कलंकी) पनि अन्यत्र सर्ने सूचीमा छन् ।

सरकारले उपत्यकाका विभिन्न ठाँउहरुमा सञ्चालित १८ पेट्रोल पम्पलाई सार्नका लागि नेपाल आयल निगम र सडक विभागलाई तत्कालै यो काम सुरु गर्न निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?