काठमाडौं, ९ माघ-नेपाली कांग्रेस र माओवादी केन्द्रलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोट गर्न सकस परेको छ । सदस्य संख्या कम भएको र दुुवै दलमा आकांक्षी बढी हुँदा उम्मेदवार छान्न हम्मे परेको हो । उम्मेदवार चयनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक आइतबार बसे पनि अन्तिम निर्णय हुन सकेन नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकले प्रदेश ७ का चार जनाको नाम टुंगो लगाए पनि अन्यको लगाउन सकेको छैन । प्रदेश ७ मा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा खुलामा बद्री पाण्डे, महिलामा तारादेवी भट्ट, दलितमा सेरिराम पार्की र अपांगमा छत्रराज जोशीको नाम टुंग्याएको छ । कांग्रेसले प्रदेश ७ मा अन्य पदमा उम्मेदवारी नदिने तयारी गरेको छ माओवादी केन्द्रका प्रदेश इन्चार्जसहितको बैठक आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसे पनि कुनै निर्णय गर्न सकेन । माओवादीले एक बराबर तीन जनाको नाम सिफारिस गर्न प्रदेशलाई सुझाए पनि प्रदेश कमिटीहरूले तोकिएभन्दा बढी नाम सिफारिस गर्दै पार्टी अध्यक्षलाई नामावली बुझाएका छन् पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकले उम्मेदवार टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिएको र आज (मंगलबार) शीर्ष तहको बैठक बसेर उम्मेदवारी टुंगो लगाउने जानकारी दिए, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया