काठमाडौं – नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई चीन पठाइएको छ । आइतबार चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन लगिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको थियो ।
उनीहरु घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ । प्रहरीले पक्राउ परेका चिनीयाँलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो । त्यसमा एक हजार रुपैयाँ धरौटी तिरेर छुटेका उनीहरुलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो । ती सबै १ सय २२ जनालाई आफ्नो देश लैजान चीनले नै दुईवटा विमान पठाएको हो ।
यो पढ्नुहोस्
चिनियाँ नागरिक पक्राउ प्रकरण : तीन महिनाको अथक प्रयासमा सफलता
काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ
४२ चिनियाँ नागरिकलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइयो
१ सय २२ जना चिनियाँ नागरिकलाई ५ दिन हिरासतमा राख्ने अनुमति
चिनियाँ पक्राउ प्रकरणः चीनबाटै चुहिएको थियो सूचना, अपराध पुष्टि नभए देश निकाला गरिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया