४२ चिनियाँ नागरिकलाई भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइयो

काठमाडौं । नेपालमा पक्राउ परेकामध्ये ४२ जना चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्न भाडाको बसमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्ज र बूढानीलकण्ठ बृत्तमा राखिएका उनीहरुलाई भाडाको बसमा राखेर प्रहरीले विमानस्थलमा पुर्याएको हो ।

प्रहरीका अनुसार ती ४२ जनालाई पहिलो चाइन इस्टर्नको चार्टड फ्लाइटमार्फत चीन पठाइनेछ । बाँकी ८० जनालाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टे सिंहदरबार, महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएकालाई भने दोस्रो फ्लाइटमा चीन पठाइने प्रहरीले जनाएको छ । उनीहरुलाई लिन २ वटा चिनियाँ जहाज नेपाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?