१ सय २२ जना चिनियाँ नागरिकलाई ५ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई पाँच दिन प्रहरी हिरासतमा राख्‍न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मंगलबार प्रहरीले चिनियाँ नागरिकलाई ‘अभद्र व्यवहार’ मुद्दामा म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएकोमा ‘पाँच दिन म्याद थप भएको हो ।

३८ जना विरुद्ध महाराजगञ्ज वृत्तले मुद्दा चलाएको हो भने अन्य ८४ विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा अघि बढाएको हो ।

पक्राउ परेका चिनियाँहरुलाई उपत्यकाका विभिन्‍न प्रहरी कार्यालयमा राखिएको छ । महाराजगञ्जमा ३८ जना, काठमाडौं परिसरमा ३४ जना, बालाजुमा १५ जना, दरबारमार्गमा २० जना र लैनचौरमा १५ जना राखिएको छ ।

नेपालमा बसेर विभिन्न बैंक ह्याक गर्ने योजना बुनि शंकास्पद व्यवहार गरेको भन्दै प्रहरीले सोमबार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

यसअघि लोकपथमा प्रकाशित यो समाचार पढ्नुहोस्
चिनियाँ पक्राउ प्रकरणः चीनबाटै चुहिएको थियो सूचना, अपराध पुष्टि नभए देश निकाला गरिने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?