काठमाडौं । ४ किलो २ सय ग्राम इफेड्रिन(लागूपदार्थ बनाउने रसायन)सहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ को एक कार्गोबाट ल्याउदै गरेको अवस्थामा चिनियाँ नागरिक झाङ चाओलाई शुक्रबार पक्राउ गरेको हो ।
उक्त रसायइन न्युजील्याण्डतर्फ लैजान लागेको अवस्थामा पक्राउ परेका छन् । निलो रङको कागजको डिब्बामा भित्र रंगीन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम बनाई ल्याएका बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया