प्रधानसेनापति किन जाँदैछन् श्रीलङ्का ?

काठमाडौँ, २ माघ – प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्ने भनेका छन् भ्रमणका क्रममा उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएको छ सोही क्रममा उनले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने उल्लेख गरिएको छ भ्रमण सम्पन्न गरी प्रधानसेनापति यही माघ ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?