उपनिर्वाचनको प्रचारप्रसारको अवधी सकियो , मौन अवधि शुरु हुनलाग्दा आयोगले जारी गर्यो यस्तो विज्ञप्ति

काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसिंहिता पूर्ण पालना गर्न निर्वाचन आयोगले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। आयोगले मौन अवधिमा सामाजिक सञ्जाल ट्वीटर, फेबुक, भाइवर वा एसएमएस साथै विद्युतीयमाध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको हो ।

उपनिर्वाचनको मौनअवधि आज (बुधबार) राति १२ बजेदेखि शुरु हुदैछ । १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका तथा स्थानीय तहको विभिन्न पदका उम्मेदवारका लागि १० दिन प्रचारप्रसारको अवधि तोकिएको थियो । मतदान हुनुभन्दा ४८ घण्टाअघिबाट मौनअवधि शुरु हुने कानूनी व्यवस्था रहेको छ।

उपनिर्वाचनका लागि आयोगबाट आवश्यक सबै तयारी पुरा हुनुको साथै आवश्यक निर्वाचन सामग्रीहरु सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको आयोगले जनाएको छ । उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलयात सुरक्षाकर्मीहरु आवश्यक मतदान समाग्रीहरु सहित मंसिर ११ गते साँझसम्म मतदान केन्द्रमा पुगी सक्ने निर्वाचन आयोगले बताएको छ ।

यस उपनिर्वाचनमा प्रतिनिधी सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभा सदस्य(१, प्रदेश सभा सदस्यतर्फ भक्तपुर क्षेत्र नम्बर २, दाङ जिल्लाको क्षेत्र नम्बर ३ को २ गरी प्रदेश सभा सदस्यतर्फ(३ जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख(१ जना, सखुवासभा जिल्ल मकालु गाउपालिकाको अध्यक्ष १ गरी गाउँपालिका तथा नगरपालिकाको वडाअध्यक्ष ४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुदैँछ । उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन्।
उपनिर्वाचनमा ३७ जिल्लाका महिला २,३३,४०२ , पुरुष २,२०,७१० र अन्य २ जना गरी जम्मा ४,५४,११४ जना मतदाता मताधिकारको प्रयोग गर्न सक्ने बताइएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा ७१,८७१ जना , प्रदेश सभा सदस्यको निर्वाच हुने भक्तपुर ४५,०१५ जना, बागुलङ ६८, ७१९ र दाङ २, २०, ७८९ निर्वाचन क्षेत्रमा मतदाता रहेका छन् । प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४ पश्चात् उपनिर्वाचन हुने क्षेत्रमा १६,२१९ जना नयाँ मतदाता थप भएका छन्।

यस उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ ११ वटा, प्रदेश सभा सदस्यतर्फ १५ वटा र स्थानिय तहका सदस्यको लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्। उपनिर्वाचन प्रतिस्पर्धा गर्ने जम्मा ३३३ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेकोमा २५३ पुरुष र ८४ महिला उम्मेदवार छन्। प्रतिनिधी सभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१ ,प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्म २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका निर्वाचन आयोगले बताएको छ ।

यस्तै निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकरको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचन पूर्वतयारी र व्यवस्थापनबारे जानकारी दिदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानून र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नु भएको छ ।

उपनिर्वाचनलाई उत्साह र उत्सवकका रुपमा लिई आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दै उहाँले भन्नुभयो, “निर्वाचन जति स्वच्छ, स्वतन्त्र र निष्पक्ष, विश्वासनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ भन्नेमा आयोग विश्वस्त छ ।”

उक्त अवधिमा आश्वासन, प्रलोभन, डर, धाक, दबाब, वा प्रभावमा पारी मतदातालाई आतङ्कित पार्ने, मतदान केन्द्रमा जानबाट रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्न खोज्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्रबाहेक व्यक्ति प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने, गलत तथ्यहीन र भ्रमपूर्ण हल्ला फिजाउने, कोही कसैप्रति घृणा र द्वेष फैलाउनेजस्ता निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य गर्न हुँदैन ।

उहाँले निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता र वित्तीय सुशासनका मापदण्डको पालना भएन भने छानिएका प्रतिनिधिबाट शासकीय सुशासन सम्भव हुन नसक्ने पक्षलाई आयोगले गम्भीरतापूर्वक रुपमा लिएको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?