विश्व बजारमा सामसुङ प्रयोगकर्ताको सङ्ख्या धेरै

काठमाडौं । दक्षिण कोरियाको इलोक्ट्रोनिक्स समान उत्पादन गर्ने कम्पनी सामसुङको मोबाइलले विश्व बजारमा नै ठुलो मात्रामा व्यापार विस्तार गरेको छ । विश्व बजारमा नै सामसुङ मोबाइलकै प्रयोगकर्ता बढी रहेको काउन्टर पोइन्ट रिसर्च मार्केट मोनिटरको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार विश्वमा २१.५ प्रतिशतले सामसुङ मोबाइल प्रयोग पाइएको छ ।

विश्व बजारमा हुवाई, एप्पल, ओप्पो, साओमी, भिभो, लेनोभो लगायतका उत्कृष्ट मोबाइल ब्राण्ड रहेका छन्। तर प्रतिष्पर्धाको हिसावले सामसुङको विस्व बजारको मागलाइ अन्य ब्राण्डले व्यापारमा जित्न सकिरहेका छैनन् ।

साथै दिनानुदिन सामसुङले विश्व बजारमा आफ्नो बजार हिस्सा पनि बढाउँदै लगेको तथ्याङ्कले देखाएको छ । त्यसपछि एप्पल, साओमी, हुवाई, ओप्पो, भिभो, लेनाभो र अन्य मोबाइल ब्राण्डले भने क्रमश बजार लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?