प्रधानमन्त्रीको स्वास्थ्यमा फेरि समस्या, टिचिङ अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर लगिएको छ ।

उहाँको अपरेशनको तयारी भैरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल जानुभएको थियो । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुनुहुन्छ । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उहाँले ४ पटक डायलायसिस गराइसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?