ओलीले सरकारको नेतृत्व गर्ने, प्रचण्ड नेकपाका कार्यकारी अधिकारसहितको अध्यक्ष

काठमाडौं । नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने निर्णय गरेको छ ।
बुधबार (आज) बसेको सचिवालय बैठकले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षसम्म प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैको नेतृत्व गरेकोमा प्रचण्डले असन्तुष्टी जनाउँदै आउनुभएको थियो । कार्यविभाजनअनुसार केपी ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यभार सम्हाल्ने निर्णय गरिएतापनि दुवैजनाको वरियता समान हुने जानकारी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभयो ।

साथै, पार्टीसम्बन्धि निर्णय लिँदा दुवैजनाको समझदारी कायम हुनुपर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?