उपसभामुखद्वारा प्रधानमन्त्रीको आग्रह अस्वीकार, मन्त्री पद नलिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रहलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अस्वीकार गर्नुभएको छ ।

प्रधानमन्त्रीले तुम्बाहाम्फेलाई उपसभामुख पदबाट राजिनामा दिएर मन्त्री पद लिन सुझाउनु भएको थियो ।

तर उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताउनुभएको हो ।

नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको हुँदैन। उपसभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बुधबार उपसभामुखले मन्त्री पदको शपथ नलिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?