धमलाले छाडे विप्लवको साथ

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गरेका छन् ।
धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताएका हुन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गरेका छन् ।

धमला तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत थिए । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?