भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाताहरुलाई नेपाली कांग्रेसलाई भोट आग्रह गर्नुभएको छ ।
मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भएको सन्देश दिनका लागि पनि नेपाली कांग्रेसलाई भोट दिनुपर्ने बताउनुभयो ।

वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको भन्दै नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान कांग्रेसको विकल्प नरहेको बताउनुभयो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया