कास्की उपनिर्वाचन : महिला नेतृत्व स्थापित गर्ने अवसर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभएको छ ।

कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईको चुनावी अभियानको कोणसभामा पाण्डेले विद्या भट्टराई सशक्त नारी हस्ताक्षर भएको बताउनुभयो ।

नेता पाण्डेले कम्युनिष्टले मात्र देशको स्वाधीनता र राष्ट्रियता जोगाउन सक्ने भएकाले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उम्मेदवार भट्टराईले पूर्वाधार विकास बिना समृद्धि सम्भव नहुने हुँदा आफूसँग थुप्रै योजना रहेकाले सो योजना कार्यान्वयनका लागि अवसर प्रदान गर्न आग्रह थियो । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्य, नेकपाका वडाध्यक्ष, पूर्वजनप्रतिनिधिसहित स्थानीयवासीको बाक्लो सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?