‘वार रुम’बाट स्वीच थिचेर प्रधानमन्त्रीले गरे माथिल्लो त्रिशूली थ्री-एको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री(ए जलविद्युत् आयोजना उदघाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाट क्षमताको “माथिल्लो त्रिशूली थ्री ए” जलविद्युत आयोजनाको सिंहदरबारभित्रैबाट ‘वार रुम’बाट स्वीच थिचेर उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्रीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेबाट एकसाथ माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको एकसाथ उद्घाटन गर्नुभएको हो ।

 

आयोजनाको पहिलो र दोस्रो युनिट ९३० र ३० मेगावाटबाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो ।

सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।

यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?