चुनावको मुखैमा बामदेवको हावादारी भाषण : प्रतिव्यक्ति आय ५ हजार डलर !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने दावी गर्नुभएको छ । चुनावको मुखैमा नेताहरुले जनताको भोट तान्ने अनेकन तिकडम अपनाउने भन्दै जनताले उहाँको भाषण हावादारी भन्दै सामाजिक सञ्जालमा समेत टिप्पणी गरेका छन् ।

भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गर्नुभएको हो । हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । उहाँको भाषण पत्याउने हो भने अहिलेको विनिमयदर अनुसार नेपालीको प्रतिव्यक्ति आय करिब साढे ५ लाख हुनेछ । तर वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिले पनि हजार देखि १५ सय हाराहारीमा जम्मा मासिक २० हजार रुपैयाँ कमाउनको लागि सम्पूर्ण जायजेथा बन्धकी राखेर खाडी मुलुकमा पसिना बगाउन जानुपरेको छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा लगानी बढाई यूवालक्षित कार्यक्रम ल्याउने सन्दर्भ चुनावका मुखमा मात्रै सुनिने भएकोले पनि अहिले जनता यस्ता महत्वकांक्षी भाषण पत्याउन तयार छैनन् । भाषणकै क्रममा उहाँले अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गर्नुभएको छ ।

उहाँले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको आरोप लगाउनुभयो । कांग्रेस आफ्नै क्रियाकलापको कारण प्रतिपक्षीमा मात्रै सिमित हुने भन्दै कांग्रेस आफू बस्ने घर पनि नबनाउने र अरुको घर पनि बिगार्ने बाँदरजस्तै भएको उहाँको टिप्पणी छ ।

किन हारे बामदेव गौतम ? 

नेकपाको उपाध्यक्षमा बामदेव गौतम चयन ! 

मिडियामा आएको कुरा अतिरञ्जीत :  वामदेव गौतम

वामदेव गौतम किसान महासंघको संयोजक

वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले

वामदेव गौतमले भने, ‘मेरोविरुद्ध फेरी कुप्रचार शुरु भयो’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?