वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले

काठमाडौँ, ४ मङ्सिर- नेकपा एमालेले उपाध्यक्ष वामदेव गौतमको पराजयको कारण पत्ता लगाउन दुईवटा छानबिन समिति बनाएको छ । उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक विष्णु पौडेलको एकल निर्णयमा गत शनिबार तीन सदस्यीय प्रदेशस्तरीय छानबिन समिति बनेको हो । समितिमा वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ थारू सदस्य तथा ५ नम्बर प्रदेश सचिव भूमिश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराई सदस्य छन् त्यस्तै, वाम गठबन्धन बर्दियाका तर्फबाट एमाले बर्दिया जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवाली संयोजक रहेको जिल्लास्तरीय अर्को छानबिन समिति पनि बनेको छ । सो समितिमा माओवादी केन्द्रका तर्फबाट भुवन थारू सदस्य छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?