चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणले राजनीतिक सम्बन्ध बलियो बनेको छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक रहेको बताएका छन् ।

“चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हरेक हिसाबले ऐतिहासिक भएको छ,” उनले भने, “भन्नका लागिमात्रै भनिएको होइन ।” सीको भ्रमणका क्रममा भएको २० बुँदे समझदारीले नेपाल र चीनबीच राजनीतिक सम्बन्ध, विकास सम्बन्धलगायतका सम्बन्धहरु बलियो बनेको बाँस्कोटाको भनाइ थियो ।

दुई देशका बीचमा कायम गरेको विश्वसनियिता उच्च रहेको बताउँदै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि भ्रमण ऐतिहासिक भएको बताए ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको बारेमा जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारी, सार्वजनिक गुठी, सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छानविन समितिको म्याद आगामी मंसिर २८ गतेसम्मका लागि थप गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?