विमानस्थल तोडफोड गर्ने सांसद शाह पक्राउ

काठमाडौं । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार शाह पक्राउ गरेका छन् ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा शाहलाई प्रहरीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

शाहविरुद्द जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेको थियो । उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?