नेकपा सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्न लागेको छ ।
प्रधनमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेरको तयारी गरिरहेको बताइरहेको बेला आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । उता भोलिदेखि राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार भ्रमणमा जानुहँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा भाग लिन केही दिनमै अजरबैजान जाने कार्यक्रम रहेको छ । आगामी २५ र २६ अक्टोबरमा हुन लागेको शिखर सम्मेलनमा उहाँ जानुहुनेछ । त्यसैले आज यो काम फत्ते हुन नसकेमा केहि साता अझै लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?