टोखाबाट सुनको सिक्री लुटपाट

काठमाडौं-टोखा नगरपालिका-११ महादेवटार हाईट बस्ने ६५ वर्षीया सिलमाया तामाङको करिब ३ तोलाको सुनको सिक्री बिहीबार बिहान लुटपाट भएको छ ।
घर अगाडि रोड छेउमा मुख धुने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिहरुले उक्त सिक्री लुटी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?