एकै दिनमा तीन महिलाद्वारा आफ्नै कोठामा झुण्डिएर आत्महत्या

वीरगञ्ज । पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाका फरक फरक स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आत्महत्या गर्नेमा वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो रहेकी छन् । उनले आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।

यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मुजबनियाकी १६ बर्षीया ललिता देवीले पनि झुण्डिएर आत्महत्या गरेकी छन् । सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यसैगरी वीरगञ्ज– १ छप्कैयाकी १९ बर्षीया रुकसार खातुनले पनि झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाई उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

तीनै घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?